कपिलवस्तु, १० असोज ।
आजदेखि नवरात्रि सुरु भएको छ । नेपालीहरुको महान चाड विजयाँ दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ । नवरात्र सुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । यसै विच बाणगंगा ७ काईलि बनगाईमा बाणगंगा मुक्तीधाम संरक्षण समितीद्धारा निमार्ण भएको दुर्गा मन्दीरको उद्घाटन गरिएको छ । हाल सालै बनेको मन्दीरको संविधान सभा सदस्य बलाराम अधिकारीले मन्दीरको उद्घाटन गर्नु भएको हो । साथै समाजसेवि तिलक गिरीले हस्तान्तरण गर्नु भएको दुर्गा देविको मुतिको अनावरण पनि एकै साथ गरिएको छ । दुवै कर्याक्रममा सहभागि हुनुभएका संविधान सभा सदस्य अधिकारीले विजया दशमिको शुभकामना प्रदान गर्दै दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन रहेको बताउनु भयो । उहाँले समस्त नेपालिहरुमा सुख शान्ती र संवृद्धिको कामना समेत गर्नु भयो ।
१० आश्विन २०७९, सोमबार








प्रतिक्रिया