प्रदेश

समानुपातिक प्रणाली कसैको पेवा होईनः डा. चन्द्र भण्डारी




काठमाडौं, ११ असोज ।

नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले समानुपातिक प्रणाली कसैको दाईजो नभएकाले मनलाग्दी बाँड्न नपाउने चेतावनी दिनु भएको छ । संसदमा प्रतिनिधित्व गराउनु पर्ने बर्ग तथा समुदायलाई समेट्नका लागि ल्याइएको समानुपातिक प्रणालीको दुरुपयोग भएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, यो प्रणाली कसैको पेवा होईन, मनलाग्दी बाड्न मिल्दैन, यसको आफ्नै मर्म र उद्धेश्य छ । उहाँले पार्टी भित्र समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग नहोस भनेर खवरदारीको आवाज उठेको बताउनु भयो । पार्टीलाई कमजोर नबनाईयोस भनेर आवाज उठाउनेहरुले पार्टीलाई कमजोर बनाउने कुरै नहुने नेता भण्डारीको भनाई छ ।

पार्टी भित्रको विक्रिती विसंगती न्युनिकरण गर्नका लागि भइरहेको गतिविधिलाई किचलो र विवादको रुपमा लिन नहुने उहाँले तर्क गर्नुभयो । देशभरी युवालाई स्थान दिनुपर्ने आवाज उठिरहेकाले काँग्रेसले पनि नयाँ र युवाहरुलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी भित्र सबैलाई समान अवसर र न्याय दिन सकेमा मात्रै काँग्रेस मजबुद हुने भएकाले नेतृत्वले त्यस तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६