प्रदेश

जसपा प्रदेश उपाध्यक्ष र मुख्य सचिव सहित १८ जना माओवादी केन्द्रमा प्रवेश



रुपन्देही, ११ असोज । जसपा नेपालका लुम्बिनी प्रदेश उपाध्यक्षको नेतृत्वमा १८ जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मसोमबार बुटवलमा आयोजित कार्यक्रममा जसपा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्य सचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरु टोपबहादुर कार्की, गीता यादव लगायत १८ जना प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्तालाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल ९वलदेव० ले पार्टीमा स्वागत गरे ।

सो अवसरमा वलदेवले कम्युनिस्ट पार्टीहरु जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने बताए । विशाल कम्युनिस्ट पार्टी बनाउन माओवादीले नेतृत्वदायी भूमिका खेलिरहेको उनको भनाइ छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती ९बसन्त०, जसपाका अतिउल्लाह खाँ, यज्ञ पोखरेल लगायतले अब प्रगतिशील बिचार बोक्ने पार्टीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

यस्तो छ सूची:

https://drive.google.com/file/d/1RJsnkYkK4a23VwPRJVFEvm_nHhakjTHk/view

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६