हरि घिमिरे
कपिलवस्तु, ११ असोज ।
मंगलवार बाणगंगा नगरपालिकाको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको छ । उपमेयर रिता कुमारी चौधरीको टिमले बाणगंगा वडा न. ८ मा अनुगमन गरेको छ । सोहि टिममा छड्के अनुगमनका लागि आउनु भएका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले १४ बर्ष पुरानो २००८ मा बनेको ३ बर्ष प्रयोग मिति भएको कस्मेटिक सामग्रि फेला पार्नु भयो । उहाँले सुझाउदै बिक्रता लाई भन्नुभयो “कुनै पनि सामग्री खरीद गर्दा तथा बिक्र गर्दा म्याद भएको न भएको सबै हेर्नु होला ।” यसले बाणगंगा माथि थप प्रश्न उठ्न सक्छ । हरेक बर्ष अनुगमन हुने बाणगंगामा १४ बर्ष पुराना समग्रि भेटिनुले के अर्थ राख्ला उहाँले थप्नु भयो । उहाँले यस्ता समग्रि तुरुन्तै हटाउन भन्नु भयो । आगामि दिनमा यस्ता समग्रि भेटिए डिलर सम्मनै अनुगमन जाने र थप कारबाहि अगाडि बढाउने उहाँले चेतावनि दिनु भयो ।

टोलीले नगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर रिता कुमारी चौधरीे बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताउनुभयो । उहाँले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउनुभयो । उहाँले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनुभयो । उहाँले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।








प्रतिक्रिया