प्रदेश

नेपालका बैंकहरु लुटेराको रुपमा विकास भएः महासचिव पराजुली



कपिलबस्तु, १४ असोज । नेपालका बैकहरु लुटेराको रुपमा विकास भएको नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव एवं लुम्बिनी प्रदेश अध्यक्ष खेमनारायण पराजुलीले बताउनुभएको छ । उहाले व्यापार उद्योग नफस्टाए सम्म देशको समृद्धी सम्भव नभएको जिकिर गर्दै पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपमा बढाएको व्याजदर र बैंकको लुटाहापनले साना तथा मझौला उद्योगी व्यापारीहरु मर्कामा परेको दाबी समेत गर्नुभयो । उद्योग व्यापार सघं कपिलबस्तुले विजयादशमी, शुभदिपावली एवं छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समिती सभापति विष्णु पन्थीले विशिष्ट अतिथीको आसनबाट बोल्दै देशको अर्थतन्त्र बलियो नहुदा सम्म देश समृद्ध हुन नसक्ने बताउनुभयो । नेपालको आयातमुखि व्यापारका कारण पछिल्लो समय उद्योगी व्यापारी सबैभन्दा बढी मर्कामा परेको औल्याउनुभयो । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता विष्णु बेल्बासेले देशको अर्थतन्त्र विग्रिएको बताउदै देश अहिले सोमालिया सुडान बन्ने अवस्थामा पुगेको बताउनुभयो । शुभकामना मन्तव्य दिदै उहाले सबैलाई समेट्ने गरि संविधान जारी भए पनि कार्यान्वयन भने हुन नसकेको औल्याउनुभयो । साथै उहाले अब साना तथा मझौला उद्योगी व्यापारीलाई संरक्षण गर्ने नसक्नेलाई बहिस्कार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा सिद्धार्र्थ बजार विकास समितीका अध्यक्ष विष्णु थापाले कर उठाउनमा व्यस्त रहेको सरकारले व्यापारीहरुको पक्षमा ध्यान नदिएको बताउदै उल्टै करै करको भार मात्र थोपरेको स्पष्ट पार्नुभयो । देश विकासका निम्तिी व्यापारीहरुले महत्पुर्ण योगदान दिएपनि राज्यको निति भने व्यापारीको पक्षमा नभएको औल्याउनुभयो । यस्तै शुभकामना दिदै कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले देशको अर्थतन्त्र विग्रदो अवस्थामा रहेको औल्याउदै यस तर्फ राज्यले यथासिघ्र ध्यान जान आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रम संघका जिल्ला अध्यक्ष हुमनाथ पौडेलको अध्यक्षता, केन्दीय सदस्य टोपनारायण बेल्वासेको स्वागत, बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल कोपिलको संचालनमा सम्पन्न भएको कार्यक्रममा करिब दुई दर्जन संघ संस्थामा पदाधिकारी तथा विभिन्न व्यापारी, लगाएत पत्रकारहरुको उपस्थीती रहेको थियो।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६