जानु पाण्डे
कपिलवस्तु असोज १५ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दुरीको यात्रु बाहक बसमा दुई सवारी चालक भए नभएको चेक जाँच सुरु गरेको छ । लामो दुरीको यात्रु बाहक बसमा एक जना मात्र सवारी चालक हुँदा चालक निदाएर सवारी दुर्घटना हुने जोखिम भएकोले चेक जाँच सुरु गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनु भयो ।
दसैँमा सवारी साधनको धेरै चाँप हुने र रात्री कालिन बसका सवारी चालक निदाएर दुर्घटना भएको घटना बारम्वार आउने भएकोले कडाई गरेको छ । चाड पर्व सुरु भए पछि सुरुमा सवारी चालकलाई जानकारी गराएको र हाल दुई चालक भए नभएको जाँच सुरु भएको बताइएको छ । शनिवार ट्राफिक प्रहरी र कपिलवस्तु स्काउटले संयुक्त रुपमा चेँक जाँच गरेको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा २ उपदफा (र) मा २५० भन्दा धेरै किलो मिटर भन्दा धेरै लामो सडकलाई लामो बाटो मानिएको छ । दफा १०४ ले कम्तीमा २ चालक राखी कम्तीमा ६घण्टामा सवारी चालकले पालो फेर्ने व्यस्था रहेको छ । ऐनमा व्यस्था भए पनि केही सवारी धनीले लामो दुरीमा एक जना मात्र चालक राखी लापरबाही गर्ने गरेको बुद्धमूमि १ विरपुरका थानेश्वर अर्यालले बताउनु भयो ।









प्रतिक्रिया