ब्रेकिंग न्युज

लुम्बिनी युवा संगठनको पदाधिकारी चयन, अध्यक्षमा गिरी सर्वसम्मत



चेतन विष्ट, कपिलवस्तु ।
अमृत गिरीको अध्यक्षतामा लुम्बिनी युवा संगठनको पदाधिकारी चयन गरीएको छ । जसको उपाध्यक्षमा बिपना खनाल, सचिवमा सृष्टि भुर्तेल, सहसचिवमा शान्ता खनाल, कोषध्यक्षमा मनिष गिरी चयन हुनुभएको छ । अन्य सदस्यहरु भने केही समय पछी टुङ्ग्याइने संगठनले जनाएको छ ।एकीकृत युवाले बनाउछ समृद्ध समाज भन्ने मुल नारका साथ आज बाणगंगाको जितपुरमा बसेको भेलाले उक्त पदाधिकारीको टुङ्गो लगाएको हो । बाणगंगाका विभिन्न वडा बाट जम्मा भएका ३० जना भन्दा बढी युवाहरुको समुहले उक्त पदाधिकारी छनोट गरेको थियो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका युवाहरुले समाजका हरेक क्षेत्रमा केही सकरात्मक कार्य गर्ने उद्देश्यका साथ पहिलो पटक लुम्बिनी युवा संगठनको गठन गरीएको हो । नगर भित्रका सक्रिय युवाहरु एकत्रित भई समाज सुधारका लागी यस संगठनको निर्माण गरीएको नवनियुक्त अध्यक्ष गिरीले बताउनु भएको छ ।समाजमा रहेका विकृती विसंगती हटाउन, विभिन्न समस्या समधान गर्न, जनचेतनामुलक कार्यक्रम गर्न, सिपमुलक तालिम संचालन गर्न लगायत समाजका हरेक कार्यमा युवाको भुमिका अहम हुने भएकाले अब लुम्बिनी युवा संगठन लाई प्रभावकारी ढंग बाट अघि बढाउने नवनियुक्त अध्यक्ष गिरीले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रकाशित : १५ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६