प्रदेश

नवमीदेखि पूर्णिमासम्म वर्षाको सम्भावना




काठमाडौं, १६ असोज ।

दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।

नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुनेछ भने दशैँको टीकाको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मोसमविद् वरुण पौडेलले बताउनुभयो ।

यस्तै, एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । गएको जेठ २८ गते भित्रिएको मनसुन ढिलो गरी बाहिरिने भएको छ । मनसुनको अवधि आज अर्थात अक्टोबर २ तारिखसम्म मात्रै रहे पनि अन्तिममा फेरि सक्रिय हुँदै छ । यो हप्ताभरी नै मनसुन रहने अनुमान छ ।

यसैबीच, मौसमविद्ले ठूलो वर्षाको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा पनि सचेत रहन आग्रह गरेका छन् । बाली भित्र्याउँदै आज र भोलि भित्र भित्र्याइसक्न नभए अर्का हप्तासम्म पर्खन सुझाव दिइएको छ ।

प्रकाशित : १६ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६