पशुपति गिरी
कपिलवस्तु, १६ असोज ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० आयोजक कमिटी कपिलवस्तुले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा अनेरास्ववियु गाउँपालिका कमिटी गठन गरेको छ। यसैबीच कपिलवस्तु जिल्ला अध्यक्ष अन्जीत खनालको अध्यक्षता साथै अनेरास्ववियु स्थायी कमिटी सदस्य एवंम लुम्बिनी प्रदेश सह इन्चाज टुकलाल गैरेको प्रमुख आतिथ्यतामा प्रथम शुद्धोधन गाउँ अधिवेशन सम्पन्न भएको छ। जसबाट मनिष कुमार कुर्मीको नेतृत्वमा सचिव दिनेश यादव सहित १९ सदस्यीय गाउँ कमिटी गठन भएको छ।


कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा कपिलवस्तु सह( इन्चार्ज अजय चौधरी, नेकपा एमाले शुद्धोधन गाउँपालिका सह इन्चार्ज विनोद चौधरी, नेकपा एमाले जिल्ला नेता मधुसुधन शरण चौधरी लगायतका वक्ताहरुले आफ्नो विचार र धारणा राख्नु भएको थियो।कार्यक्रमको सञ्चालन निशान खण्डकाले गर्नु भएको थियो भने स्वागत मन्तव्य डभिड भण्डारीले राख्नु भएको थियो।









प्रतिक्रिया