जीवनशैली

कपिलवस्तुका नेटुवा समुदायको दशैँ खर्च : मागेको भिख



कपिलवस्तु १७ असोज । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर । यी नेटुवा जाति दशकौँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व वडादशैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दशैँको उल्लास छैन । मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । सो समुदायमा वडादशैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन ।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशँै आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताउनुहुन्छ । सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहनुभएका उहाँ भन्नुहुन्छ, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु ।” दशैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उहाँको छ । उहाँ भन्नुहुन्छ, “हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ ।” सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उहाँ भन्नुहुन्छ, “राज्यले अझै सुनेको छैन ।” यही माग लिएर तीन पटक सिंहदरबार धाएको उहाँले सुनाउनुभयो । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उहाँ बताउनुहुन्छ । पैतालीस वर्षीय दिलीप नेटुवाले राज्यले आफूहरुलाई अल्पसङ्ख्यक जातिको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा बित्ने सुनाउनुभयो । न गाँस, न बाँस, न जग्गा जमिन उहाँले भन्नुभयो, “हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।”

निरास मुद्रामा उहाँभन्नुहुन्छ “गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा ।” थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको उहाँ दाबी गर्नुहुन्छ । “हामीभन्दा पथ्थरकट्टा उपल्लो जाति हो”, उहाँ भन्नुहुन्छ, “हामीले छोएको पानी पनि खाँदैनन् पथ्थरकट्टा ।” पथ्थरकट्टालाई राज्यले अल्पसङ्ख्यकको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको छ तर हामीलाई दिएन उहाँभन्नुहुन्छ, “सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन् उहाँले प्रश्न गर्नुभयो”, “राज्यले भत्ता दिए दशैँ पर्व राम्रो मानिन्छ ।”दसँैमा वरिपरिका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहँदा यहाँका सो समुदायका मानिस भने दिनभरि भिक्षा मागेर पेट पाल्ने योजनामा छन् । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । जिल्लामा झण्डै तीन सयको हारहारीमा नेटुवा जातिको बसोबास रहेको छ ।(रासस)

प्रकाशित : १७ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६