कृषि

पाल्पाबाट दशैँमा पचास लाख रुपैयाँभन्दा बढीको खसी बोका बिक्री



पाल्पा, १८ असोज ।
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङ्ककोटका किसानहरुले दशैँका अवसरमा आधा करोड बढीको खसी बोका बिक्री गरेका छन् ।

उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट ५२ लाख बढीको खसी तथा बोका बिक्री गरेको सहकारीका अध्यक्ष गंगीसरा सिंजालीले जानकारी दिनुभयो ।

फोक्सिङ्गकोटको रानीबास, झर्लेङ्ग, कोटथर, बेलौजा, झोकेदी लगायतका गाउँबाट दिनहुँ खसी बोकाको कारोबार हुने स्थानीय शिक्षक एवत सारुले बताउनुभयो ।

सहकारीले दशैँ अफरका रुपमा ४ सय ६० भन्दा बढी खसी बोका बिक्री गरेको सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडे मगरले बताउनु भयो ।

खसी बोका तथा कृषिजन्य उत्पादन निकासी र यातायातको लागि सहकारीले आफ्नै गाडी खरिद गरेर बिक्रीलाई सहज बनाएको छ । सहकारी संस्थाले फोक्सिङ्गकोटको टोल टोलमा खसी संकलन केन्द्र स्थापना गरी तौलने मेशीन समेत जडान गरेको छ ।

रम्भा गाउँपालिकाले उत्पादनमा आाधारित नीति लागू गरेपछि किसानहरु झन् हौसिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।

गाउँपालिकाले किसानहरुलाई ८ लाख रुपैयाँभन्दा बढी खसी तथा स्थानीय कुखुरा पालन गर्ने किसानलाई वितरण गरेको थियो । रम्भा गाउँपालिकालाई मासुमा निर्भर बनाउने नीति अनुरुप विभिन्न कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तजङ्ग रानाले बताउनु भयो ।

प्रकाशित : १८ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६