हरि घिमिरे
कपिलवस्तु, १८ असोज ।कपिलवस्तु क्षेत्र न. १ का संघिय सांसदका सम्भावित उमेद्वार चक्रपाणि खनाल बलदेवले आफुले पाएको जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ । बाणगंगाका सक्रिय पत्रकारले आयोजना गरेको विजया दशमि तथा शुभ दिपावलिको शुभकामना आदान प्रदान तथा मंसिर ४ गते हुने निर्वाचन विशेष कार्यक्रमाको अवसरमा बोल्दौ उहाँले यस्तो बताउनु भएको हो । खनालले सापेक्षित विकासमा निरन्तर आफ्नो सहभागिता रहेको बताउनु भयो । उहाँले जिल्लाको प्रतिनिधीत्व गर्ने सन्र्दभमा तुलनात्मक रुपले कसले के गर्यो भनेमा जहाँ भन्यो त्यँही उभिएर जवाफ दिन आफु सदैव तयार रहने जिकिर गर्नु भयो । उहाँले भन्नु भयो “धेरै सपना देखाएर जित्नपर्छ भन्ने मान्यता मेरो छैन ।” जनताले परिस्थिती अनुसार मताधिकारको प्रयोग गर्न पाउने हक रहेको उहाँको भनाई छ । त्यस्तै खनालले विरोधिलाई जिताएर घाटा भयो भन्ने महशुस हुन नदिने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।
खनालले आफु कृषि मन्त्री हुदाँ पोलिसि लेभलमा काम गर्न खोज्दा त्यतिवेलाका प्रधानमन्त्री केपि शर्मा वलि संग ट्युनिङ्ग नमिल्दा काम गर्न असहज भएको बताउनु भयो । आफुले मन्त्रालय सम्हाल्दा विशेषत तिन वटा काममा फोकस गरेको उहाँको भनाई छ । जसमा किसानको दुध सडकमा पोखिनु हुँदैन यसको लागि पोलिसि निमार्ण गर्ने, दुग्ध जन्य पदार्थको उत्पादन बढाएर देशमै बिक्री गर्ने र यहाँ बढि भएका समग्रि निर्यात गर्न आफुले पहलि कदम चालेको बताउनु भयो । त्यस्तै मासु जन्य सामग्री बाहिर बाट खरिद गर्नु हुँदैन भनेर देश व्यापि कार्यन्वयन गराएको आफ्नो पालामा भएको पनि जानकारी दिनु भयो ।
यस्तै सात वटा प्रदेशमा सातवटा कृषि उपज संकलन केन्द्र निमार्ण गर्न पहल भयो र कपिलवस्तु जिल्लाको मन्त्रीका हैसेतले यस जिल्लामा पनि कृषि उपज संकलन केन्द निमार्णको काम अगाडी बढाईयो तर मन्त्रीको राजिनामा पछि त्यो पनि अधुरो छ खनालले भन्नुभयो । यस्तै शिक्षामा पनि जिल्लाको शुद्धोधन गाँउपालिकामा कन्या कलेजको स्थापन गर्न आफु सफल भएको बताउनु भयो । आफुले जितेर गएपछिको पहिलोकाम शिक्षा बाट सुरु भएको बताउनु भयो ।
उहाँले सानाठुला गरेर आफ्नो पहलमा करिब २ सय ६० भन्दा बाटा घाटा निमार्ण भएको स्मरण गराउनु भयो । उहाँले आफुले काम गरेको र फोटो खिच्ने र प्रचार गर्ने अन्य साथिहरु भएको बताउनु भयो । त्यस्तै उहाँले आफु ६५ बर्ष पुगेपछि कुनैपनि चुनाव नलड्ने पनि बताउनु भयो । खनाले भन्नुभयो “विदेशमा गएका युवालाई फर्क भनेर मात्र हुदैन स्वरोजगारको व्यवस्था पनि गर्नु सरकारको दाईत्व हुन्छ ।” सोहि सन्र्दभ जोड्दै उहाँले कपिलवस्तुको कायापलट गर्ने नौमुरे जलविद्युत योजनामा केहि बजेट विनीयोजन गरेर कार्यन्वयन गराएको जानकारी दिनुभयो । अहिले पनि यसको काम अगाडि बढेको उहाँको भनाई छ ।

यस्तै कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः १ (क) बाट सम्भावित २ बलिया उम्मेद्वार बाणगंगा नगरपालिकाका नि–वर्तमान मेयर मंगल प्रसाद थारु र कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले एकताको सन्देश दिनु भएको छ । कांग्रेसमा अन्तरघात हुने सम्भावनालाई चिर्दै दुवै नेताले आफनो भनाई मार्फत एकताको सन्देश दिनुभएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको सभाहलमा भएको कार्यक्रममा बोल्दै –वर्तमान मेयर मंगल प्रसाद थारु र डोलकराम घिमिरेले टिकट पाए आफुले जित्ने दावि गर्दै कुनै कारण टिकट नपाए कांग्रेसबाट टिकट पाउने आधिकारिक उम्मेद्वारलाई जिताउने प्रतिबद्धता जनाउनु भएको छ ।
सो अवसरमा बोल्दै मंगल प्रसाद थारुले आफनो कार्यकालमा बाणगंगामा धेरै काम भएको बताउदै कृषी, पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफुले इमान्दारीताका साथ काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो “काम धेरै गरे, तर हल्ला गर्दै हिडिन” ।
त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले ब्यसायीको हकहितका क्षेत्रमा काम गर्ने बताउदै यसक्षेत्रलाई बिकासको मुलधारमा ल्याउने बताउनु भयो । २०४६ सालदेखि आफु कुनै पनि लाभको पदमा नरहेको बताउदैँ उनले जनताको हरेक समस्यामा आफु पुग्ने गरेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा राजनीतिक विश्लेषक नारायण खनालले छोरो पुस्तालाई नेता मान्ने स्थितिमा आफू आएको चर्चा गर्नु भएको छ । उहाँले चार दशक लामो राजनीतिक यात्रा पश्चात आफू छोरो पुस्तालाई नेता मान्ने र आफू अभिभावक बन्ने स्थितिमा कारणसहित आएको जिकिर गर्नु भयो । उहाँले देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि पहिलो पुस्ताका नेताहरुमा दम्भ, अहंकार देखिएको खनालको टिप्पणी छ । साथै समृद्धिको यात्रा तय गर्न पहिलो पुस्ताका नेताहरुले नसक्ने पनि उहाँले ठोकुवा गर्नुभयो ।
शुभकामना आदान प्रदान तथा मंसिर ४ गते हुने निर्वाचन विशेष कार्यक्रममा एकिकृत समाजवादीका दिपक पन्थी, कमल भट्टराई, राप्रपाका माधव पन्थी, माओवादी केन्द्रका टेकेन्द्र क्षेत्री,उद्योग ब्यापार संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल (कोपिल), नेपाल ट्रक यातायात ब्यवसायी समितिका केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद न्यौपाने, कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम सुभाागे थारु, हर्टविट एफ एमका अध्यक्ष धातानन्द भुसाल लगायतको समेत सहभागिता रहेको थियो ।








प्रतिक्रिया