प्रदेश

जिल्ला अध्यक्ष शर्माद्धारा विजया दशमी पर्वको अवसरमा शुभकामना सन्देश




कपिलवस्तु, आश्विन १९
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी २०७० सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा हिन्दु पौराणिक कथन अनुसार असत्यमाथि सत्यको विजयको रुपमा लिइने हिन्दुधर्मावम्बीहरुको महान पर्व विजया दशमी पर्व २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुप्रति शुभकामना ब्यक्त गर्दै समाजमा देखा पर्ने सवै खाले विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त समाज निर्माणको महत्वपूर्ण अभियानमा वडा दशै पर्वले हामि सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ ।
महान पर्व विजया दशमीको अवसरमा जारी सन्देशमा सबै जात, जाती, भाषा, भाषि, वर्ग समुदाय बीच भाइचारा एकता, सदभाव, कायम गर्दै समुद्ध नेपाल सुखी नेपालीको जनचाहना पुरा गर्न राजनैतिक दल, तीनै तहका सरकार , नागरिक समाजलाई थप जिम्मेवार बन्नका निम्ति अझ उत्साह थप्ने विश्वास ब्यक्त गर्दछु भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ । जारी शुभकामना सन्देशमा पर्वका नाममा हुने सबै खाले विकृतीको अन्त्य गर्दै पर्वका माध्यमबाट समाजको सकारात्मक रुपान्तरणको अभियानले निरन्तर सार्थकता पाउने विश्वास लिएका छौ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : १९ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६