प्रदेश

जसपाले छाड्यो सत्ता गठबन्धन, एमालेसँग तालमेल



काठमाण्डौं, २१ असोज ।
सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले बताए । थापाका अनुसार बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी थिए।

अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् । सिट बाँडफाँटको कुरामा सहमति नहुन नसकेपछि विहीबारबाटै गठबन्धनबाट बाहिरिएको थियो । जसपा एमालेसँग तालमेलको तयारीमा छ । विहीबार गठबन्धनसँग अन्तिम बैठक गरेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने एमाले र जसपाको तयारी छ । उनका अनुसार २०–२२ सिटमा एमाले र जसपाबीच सहमति हुने छ । ​

प्रकाशित : २१ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६