प्रदेश

दाङ क्षेत्र नम्बर १ मै गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने



दाङ, २१ असोज । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो स्वतन्त्र उम्मेदवारी रहे घोषणा गरेकि हुन ।

चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।

निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले भनिन् ।

आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् । उनले सामाजिक सञ्जाल मार्फत सबैलाई सहयोग गर्न अपिल समेत गरेकि छन् ।

प्रकाशित : २१ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६