कैलाली, २२ असोज । सुदुरपश्चिमका चार जिल्लामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीलाई जिल्लाराम पारेका छन् । यी चार जिल्लामा सो पार्टीलाई एउटा पनि सिट नदिएर जिल्लाराम पारिएको हो ।गठबन्धनबाट जिल्लाराम पारिएपछि एकीकृत समाजवादीले एक्लै चुनाव लडने तयारी गरेको छ । ‘कांग्रेस र माओवादीले हामीमाथि अन्याय गरेको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका दार्चुला इन्चार्ज नरेन्द्र विष्टले भन्नुभयो , ‘पार्टीको आधिकारिक टिकटबाट एक्लै चुनाव लड्ने तयारी गरेका छौँ।’सुदूरपश्चिमका चार जिल्लाका ६ प्रतिनिधि र १२ प्रदेश सभा क्षेत्रमा गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले आफू–आफैलाई सीट भाग लगाएका छन् ।यहाँका ६ संघीय निर्वाचन क्षेत्रमध्ये माओवादी केन्दले कञ्चनपुर १ र बैतडी पाएको छ । कञ्चनपुर २, ३, डडेल्धुरा र दार्चुला कांग्रेसले आफूसँग राखेको छ।यस्तै कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रदेश सभाका ७ क्षेत्र कांग्रेसले पाउँदा माओवादीको भागमा ५ क्षेत्र परेका छन् ।गठबन्धनबाट भाग नपाएपछि सत्तारुढ एकीकृत समाजवादीले गठबन्धन विरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।
२२ आश्विन २०७९, शनिबार








प्रतिक्रिया