प्रदेश

घनश्यामलाई गठबन्धनको साथ, रुपन्देही–१ बाट उम्मेद्धारी दिने



रुपन्देही, २३ असोज ।

नेकपा एमाले छाडेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
पार्टीले टिकट नदिएपछि शनिबार एमाले छाडेका भुसालले आइतबार पत्रकार सम्मेलन गर्दै आफू स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनलाई पार्टीले टिकट नदिने संकेत गरेसँगै गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनबाट चुनाव लड्न आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई गठबन्धनबाट उम्मेदवार बन्न आग्रह गरे पनि आफू स्वतन्त्र लड्न चाहेको प्रष्ट पारे ।

उनले भने, ‘व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताए । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ ।’

उनले शनिबार दिउँसो पार्टी छाडेको घोषणा गरेसँगै मध्यराती गठबन्धनमा छलफल र सहमति गरेर भुसाललाई समर्थन गर्ने बाचा गरेको समेत बताए ।

‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।’ भुसालले भने ।

पार्टीमा दम्भ र अधिनायकबादी शैली भएको भन्दै शनिबार दिउँसो भुसालले पार्टीमा नरहने घोषणा गरेका हुन् । यसअघि रुपन्देही क्षेत्र नं १ बाट चुनाव लड्न चाहे पनि एमालेले क्षेत्र नं ३ बाट उठाएको थियो । उनले आगामी निर्वाचनमा भने क्षेत्र नं १ बाट चुनाव लड्नेछन् । गठबन्धनबाट सो क्षेत्रमा माओवादी केन्द्रको भागमा परे पनि भुसाललाई समर्थन गर्नेछ ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६