कपिलवस्तु जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवारी मनोनयन भएको छ । यद्धपी जिल्लामा एमाले र जसपा गठबन्धन टुटेको छ । केन्द्रिय सहमती गरेको कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १ र ३ को १ जसपाको भागमा परेको भए पनि एमालेले ति दुवै क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार उठाए पछि गठबन्धन टुटेको हो । यस अघि एमाले जसपा गठबन्धनको बिषय सँग अन्तुष्ट रहदै आएका लुम्बिनी प्रदेशका जसपा संसदिय दलका नेता समेत रहेका भौतिक पुर्वाधार बिकास मन्त्री सहसराम यादवले जसपा परित्याग गरेका छन । उनी नेपाली काँग्रेस पार्टीबाट कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १ (ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन । उता एमालेले जसपाका लागी छुट्याईएको सो निर्वाचन क्षेत्रमा एमालेका तर्फबाट मधुसुदनशरण चौधरी र कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ को २ मा रजाउ मुसलमानलाई मनोनयन गराए पछि जसपाले पनि निर्वाचन क्षेत्र नम्बर १ को २, २ को २ र ३ को २ मा प्रदेश सभाका उम्मेदवारको मनोनयन गराएको छ ।
आइतबार विहान १० बजेसम्म सोही निर्णय अनुसार दुबै दल मिलेरै मनोनयन दर्ता गर्ने सुरसारमा थिए । तर, एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका सहसराम यादवले ‘राजनीति कोल्टे’ फेरेपछि अन्ततः जिल्लामा गठबन्धन भत्किन पुगेको हो ।
यादव जसपाबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । तर, उनी दिउँसो १२ बजेसम्म एमाले जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी तयारीमा थिए । सोही अनुसार छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगे ।
यता जसपाले प्रतिनिधिसभा २ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ । यस क्षेत्र एमालेले पाएको थियो । यता सदरमुकाम तौलिहवा स्थित निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेस नेतृत्वको गठबन्धन, एमालेले, लोसपा, राप्रपा र स्वतन्त्र उम्मेदवारले प्रतिनिधीसभामा उम्मेदवारी दिएका छन । प्रतिनिधीसभामा उम्मेदवारी दिएका दलका उम्मेदवारले आफुहरुले बुद्धस्थल कपिलवस्तुको बिकासलाई प्राथमिकता दिने उद्धेश्यले उम्मेदवारी दिएको बताए ।








प्रतिक्रिया