हरि घिमिरे,
कपिलवस्तु, २३ असोज ।
कपिलवस्तुमा सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ ।
निर्वाचन आयोगले तोकेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनले मनोनयन दर्ता गराएको हो । जसअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु क्षेत्र न.१ बाट चक्रपाणि खनाल बलदेवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा सदस्यतर्फ क्षेत्र न.१ ‘क’ मा नेपाली कांग्रेसका नेता डोलकराम घिमिरे र क्षेत्र न.१ (ख)मा सहसराम यादवले मनोनयन दर्ता गराएका हुन् । गठबन्धन दलहरुबीच प्रतिनिधिसभा माओवादी केन्द्रले र प्रदेशसभा सदस्य नेपाली कांग्रेसले लिने सहमति भएको थियो ।
सत्तारुढ गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट खनालले मनोनयन दर्ता गराएका हुन् भने प्रदेशसभा सदस्यतर्फ घिमिरे र यादवले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्न जानेक्रममा नेता कार्यकर्ताहरुको निकै उत्साहप्रद उपस्थिति रहेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता अलावा नेकपा एकिकृत समाजवादीका नेता तथा कार्यकर्ता पनि मनोनयन दर्ताको क्रममा आयोजित ¥यालाीमा सहभागि थिए ।








प्रतिक्रिया