बाणगंगा, २४ असोज ।
कपिलवस्तु जिल्लाका तिन निर्वाचन क्षेत्रका कुनैपनि उम्मेदवार माथि उजुरी परेको छैन । जिल्लाका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ र २ मा कुनै पनि उम्मेद्वार माथि विरोध उजुरी दर्ता भएको छैन् । आज सोमवार विहान १०ः०० बजे देखि ३ः०० बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय भएकोमा उक्त समयमा कसैमाथि पनि उजुरी नपरेको निर्वाचन क्षेत्र न. १ का निर्वाचन अधिकृत शिव प्रसाद पराजुलिले पे्रसपाटीलाई जानकारी दिनु भयो । उहाँले एक सुचना जारी गर्दै उम्मेदवारको मनोनयन पत्र उपर विरोध उजुरी दर्ता हुन नआएको जानकारी दिनु भयो । यस्तै क्षेत्र नं. २ र ३ का प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ र २ मा पनि कुनै उम्मेद्वार माथि विरोध उजुरी दर्ता नभएको बताईएको छ ।
यो सुचना प्रकाशन गरिएको छ ।










प्रतिक्रिया