कपिलवस्तु, २४ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारबाट कपिलवस्तुमा ९ लाख ८५ हजार धरौटी रकम संकलन भएको छ । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १ सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फ गरि उक्त संख्यामा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको रु १० हजार र प्रदेश सभा सदस्यको लागि रु ५ हजार धरौटी रकम तोकेको थियो । प्रतिनिधि सभा पदमा मनोनयन दर्ता गराएका ५१ जनाको दश हजारको दरले ५ लाख १० हजार धरौटी संकलन भएको छ ।
प्रदेश सभा सदस्य पदमा मनोनयन गराएका कपिलवस्तु ९५ जना उम्मेदवारबाट ४ लाख ७५ हजार धरौटी संकलन भएको निर्वाचन आयोग कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु क्षेत्र नं १ मा २२ जना, क्षेत्र नं १ मा ११ जना र क्षेत्र नं ३ मा १८ जना गरि कुल ५१ जनाले प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता भएको निर्वाचन आयोग कपिलवस्तुको सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनुभयो ।
प्रदेश सभा तर्फ क्षेत्र नं १ को (क) मा ९ जना, १ को (ख) मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा तर्फ क्षेत्र नं २ को (क) मा १३ जना, २ को (ख) मा ११ जनाले मात्र मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं ३ को (क) मा १९ जना र ३ को (खं) २५ मा जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोग कपिलवस्तुको सूचना अधिकारी अनिता क्षेत्रीले बताउनु भयो ।
कपिलवस्तुमा प्रतिनिधि संसदीय क्षेत्र तीन वटा र प्रदेश संसद ६ वटा क्षेत्र रहेको छ । कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि तर्फ १८ जनाले मनोनयन दर्ता गराएको कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनु भयो ।








प्रतिक्रिया