प्रदेश

दल र उम्मेदवारले फेसबुकमा गरेको प्रचारको पनि हिसाब हुने




काठमाण्डौं, २५ असोज ।
निर्वाचन आयोगले राजनीतिक दल तथा तिनका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरेर हिसाब निकालिने बताएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको हिजो मनोनयनपत्र दर्तापछि विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गरेपछि आयोगले उक्त चेतावनी दिएको हो ।

आयोगले यसअघि जारी गरेको निर्वाचन व्यवस्थापनअन्तर्गतको सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग भए वा नभएकोबारे अनुगमन र मूल्यांकन भइरहेको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको स्मरण गराइएको छ । ‘सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाइ परीक्षण गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६