प्रदेश

गठबन्धनले जितेमा देशले निकास पाँउछः जनमोर्चा कपिलवस्तु




बाणगंगा, २५ असोज ।
राष्ट्रीय जनमोर्चा पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष दधिराम आर्चायले राष्ट्रलाई प्रतिगमनबाट बचाउदैँ देशलाई निकास दिन गठबन्धनलाई जिताउँन आवश्यक रहेको बताए । कपिलवस्तु क्षेत्र नः १ (क) मा आज बसेको गठबन्धनको बैठकमा बोल्दै उनले दुई तिहाइ मतलाई अपमान गर्दै देशलाई प्रतिगमन तर्फ एमालेले लैजाने प्रयास गरेका कारण यसका बिरुद्ध सबै एकैजुट भई गठबन्धनलाई जिताउन आवश्यक रहेको उनले बताए । आर्चाय राष्ट्रीय जनमोर्चा पार्टीका केन्द्रिय सल्लाहकार तथा प्रदेश सदस्य समेत रहेका छन ।
कपिलवस्तु जिल्लाका ३ प्रतिनिधि सभा सदस्य र ६ वटा प्रदेश सभा सदस्यका लागी हुने निर्वाचनमा राष्ट्रीय जनमोर्चा पार्टीले गठबन्धनलाई निस्वार्थ सहयोग गर्ने बताएका छन । गठबन्धनमा हाम्रो पार्टी पनि छ, सहयोग गर्नु हाम्रो धर्म हो बताउदै उनले गठबन्धन भन्दा एक मत पनि बाहिर नजानेमा ढुक्क रहन उनले गठबन्धनका नेताहरुलाई आश्वासन समेत दिएका थिए ।
गठबन्धनमा नेपाली कांगेस , माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रीय जनमोर्चा पार्टीका ३० बढि नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६