प्रदेश

कपिलवस्तु क्षेत्र नः १ (क) मा गठबन्धनको बैठक, एक भएर लाग्न निर्देशन




बाणगंगा, २५ असोज ।
कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । गठबन्धनलाई थप चलायमान गर्दै मतपरिणाम आफनो पक्षमा पार्नका लागी बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा बसेको गठबन्धनको बैठक सम्पन्न भएको हो ।

बैठकमा कपिलवस्तु क्षेत्र नः १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेव एमालेको प्रतिगमन शैलीका बिरुद्ध सबै एकैजुट भएर लाग्नु पर्ने बताएका छन । केपि ओलीको दम्भका कारण देशलाई अल्मल्याउने काम भएकाले देशलाई बिकासको गतिमा लैजान गठबन्धनलाई बिजयी गराउनु पर्ने बताएका छन ।

त्यस्तै नेपाली कांग्रेसका नेता अत्तहर कमाल मुसलमानले गठबन्धनको जित सुनिश्चित रहेको बताउदैँ पार्टीको निर्देशन मानेर सबै नेता तथा कार्यकता गठबन्धनलाई जिताउन लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै कपिलवस्तु क्षेत्र नः १ (क) कांग्रेसबाट गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेले बिकासका गतिविधि बढाउन र भष्ट्रचारमुक्त देश बनाउन पनि गठबन्धनलाई जिताउनु पर्ने बताए ।

बैठकमा कपिलवस्तु क्षेत्र नः १ (क) का सभापति दुर्गा केसि, बाणगंगा नगर सभापति बिष्णु थापा, एकिकृत समाजवादीका नेता कमल भटराई, जनमोर्चाका नेता दधिराम आर्चाय लगायतले गठबन्धनलाई जिताउन लाग्न आग्रह समेत गरेका थिए ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६