प्रदेश

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च पुगे रुपन्देही २ का राजु गुरुङ



काठमाडौँ, २७ असोज । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी खारेजी भएपछि निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट लिएर नेकपा (एकीकृत समाजवादी) का नेता राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् ।

सत्तारुढ गठबन्धनबाट रुपन्देही२ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो । गुरुङले बिहीबार सर्वोच्चमा रिट पेस गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रुपन्देही २ मा उम्मेदवारी खारेजीको विषयमा रिट पेस भएको र दर्ताको प्रक्रियामा रहेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार गुरूङ कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो ।

रुपन्देही(२ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुसाल ९निकोलस० र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो । उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन अधिकृतको कार्यालयको निर्णय खारेज गरी आफ्नो मनोनयन कायम गरिपाऊँ भन्दै सर्वोच्च पुगेका हुन् ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६