जीवनशैली

मौसम खुलेपछि किसान धान काट्न खेतमा



देउखुरी २८ असोज । लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरु भएको हो ।
अहिले अरु काम छाडेर धान भित्र्याउने काममा लागेको किसानहरु बताउँछन् । लमही नगरपालिका वडा ५ लमहीका पुन्टेश्वर चौधरीले धान पाकिसकेकोले मौसम खुलेपछि अरु काम थाती राखेर धान काट्ने काममा लागेको बताउनुभयो । धान काट्दै गरेका किसानमा फेरि पानी पर्ने हो कि भन्ने त्रास भने कायमै छ ।
वर्षभरिको खेतीलाई स्याहार्न नपाइ पुनः पानी पर्ने हो कि भन्ने चिन्ता यथावत् रहेको बताउँदै किसानले आकाशे पानीको फाइदा र बेफाइदा दुवै रहेको बताउनुभयो । खेतमा धान काट्दै आकाशतिर ध्यान लगाउनुपरेको उहाँहरुको भनाइ छ । राप्ती गाउँपालिका –१ पाखापानीका लोकराज पौडेलले आकाश सफा देखेर धान काट्न शुरु गरेको बताउनुभयो ।
बाढी र डुबानले धानखेतीमा पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन । गढवा गाउँपालिका कृषि शाखा प्रमुख कर्ताराम यादवले क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६