जीवनशैली

कालीकोटमा मलामी गएकालाई पहिरोले बगाएको पुष्टि : अवस्था अझै अज्ञात



कालीकोट २८ असोज
कालीकोटको तिलागुफा नगरपालिका–४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था थाहा हुन नसकेको हो ।
अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुलाई पहिरोले बगाएको भन्ने पुष्टि भएको तर त्यसपछिको अवस्था थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।
प्रहरीले खोजीको काम गरिरहेको उहाँको भनाइ छ । पहिरोमा परेका थप चार जनाको अवस्था पनि थाहा हुन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तिलागुफामा थप तीन जना र खाँडाचक्रमा एक जना अझै बेपत्ता छन् ।
एक हप्ताअघिको बाढी पहिरोमा २३ जना बेपत्ता रहेकोमा ६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र १९ जना बेपत्ता भएका छन् ।
कालीकोट बाहेक दैलेख र जुम्लामा एक–एक जना बेपत्ता रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएका छन् ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६