प्रदेश

नेपाली नागरिकलाई नागरिकता दिने गृहमन्त्री खाणको प्रतिबद्धता



लुम्बिनी २९ असोज । नेपाल सरकारका गृहमन्त्री एवम् सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनु संवैधानिक अधिकार भएकाले सबै नागरिकलाई नागरिकता दिइने बताउनुभएको छ ।
संवैधानिक अधिकारअनुसार वर्तमान सरकारले नेपालमै जन्मिएका, नेपालमै हुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा नरहेको समेत उहाँले प्रस्ट पार्नुभयो । क्षेत्रमा रहेका बडास्तरीय प्रचार कार्यालयको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले सरकारले ल्याएको नागरिकता विधेयक नेपालमा जन्मिएर अनागरिक बस्नुपरेकाको पक्षमा रहेको बताउनुभयो ।
‘नेपालमा बस्ने नेपालीले नागरिकता पाउनुपर्छ, विदेशीलाई दिने होइन’ उहाँले भन्नुभयो, “नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउनु हुँदैन । नेपाली नागरिकलाई नागरिकता दिन्छौँ ।’ नागरिकता नहुँदा धेरै नेपाली आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार पनि आफ्ना नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताउनुभयो ।
नागरिकलाई मौलिक र आधारभूत अधिकारबाट वञ्चित गराउँदै लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुन थालेपछि त्यसको रक्षाका लागि वर्तमान गठबन्धन निर्माण भएको उहाँले बताउनुभयो । स्वर्गीय गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे सम्झौता गरी अगाडि बढाएको शान्ति प्रक्रियालाई स्थायित्व दिँदै मुलुकलाई शान्ति र विकासका दिशामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६