प्रदेश

गुल्मीका सबै निर्वाचन क्षेत्रका पालिका र वडामा एमालेको प्रचार–प्रसार कार्यालय स्थापना



गुल्मी २९ आश्विन । प्रदेश र संघीयका लागि मनोनयन दर्ता गरिसकेपछि यतिबेला गुल्मीका राजनीतिक दलहरु जनतासँग अन्तरकृया तथा छलफलमा जुटेका छन् । गाउँघरमा जनतासँगको पुगेर जनसम्पर्क त गरिएकै छ सँगै पार्टीका निर्वाचन परिचालन कमिटिका कार्यालयहरुपनि स्थापना गर्ने कार्य शुरु गरिएको छ ।
यसैक्रममा गुल्मीका सम्पूर्ण संघीय ,प्रदेश , पालिका ,वडाहरुमा शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का सँयोजक हिमाल श्रेष्ठबाट प्राप्त जानकारी अनुसार क्षेत्र १ का ५० र २ का ४३ गरि ९३ वटा वडा हरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटिका कार्यलय स्थापना गरेको छ ।
यसैगरी १२ वटा पालिका दुईवटा संघीय क्षेत्र,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । सँघिय निर्वाचन क्षेत्र १ को कार्यालय रिडीबजारमा स्थापना भएको छ भने प्रदेश १ क को सत्यवतिको खैरेनी प्रदेश १ ख को निर्वाचन परिचालन कमिटीको कार्यालय छत्रकोटको भेँडुवामा स्थापना भएको छ ।
यसैगरि निर्वाचन क्षेत्र न २ को कार्यालय सदरमुकाम तम्घासमा र क्षेत्र न २ को क को सिमलटारी मा र ख को कार्यालय इस्माको छल्दिक्षेत्रमा स्थापना गरिएको एमाले सचिवालय सदस्य श्रेष्ठले बताए ।
एकैदिन जिल्ला भरि एकसय ६ वटा निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापनाका क्रममा आफ्नो सम्पूर्ण सँयन्त्र परिचालन गर्दै वडा निर्वाचनको प्रचार प्रसारलाई तिव्रता दिएको र सम्पूर्ण टोल ,वडा ,पालिका ,सबै निर्वाचन क्षेत्रमा पार्टीका सम्पूर्ण निकाए चलाएमान बनाईएको र मुख्यत जनतासँगको जनसम्पर्क र अन्तरकृयालाई प्राथमिकतामा राखेको श्रेष्ठले बताए । शुखि नेपाली र समृद्ध नेपालको अभियानको निरन्तरतामा एमालेले आफ्नो निर्वाचन अभियान केन्द्रिकृत गरेको छ ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६