प्रदेश

जनताले गरेको आश पुरा गर्नु मुख्य जिम्मेवारी हाम्रो होः बाम लोकतान्त्रिक गठबन्धन




कपिलवस्तु, २९ असोज ।
कपिलवस्तुको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कपिलवस्तुमा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरुले आफनो आफनो विचार व्यक्त गरेका थिए । कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनालले गठबन्धनका उम्मेदवाहरु जितको नजिक रहेको दावी गर्नुभयो । आफुले जित कपिलवस्तुमा विकासको लहर ल्याउने खनालले बताउनुभयो । त्यस्तै उहाँले जनताले गरेका आश पुरा गर्नु बाम लोकतान्त्रीक गठबन्धनको जिम्मेवारी रहेको बताउनु भयो ।
खनाल २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नं १ बाटै निर्वाचित हुनुभएको थियो ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिती कपिलवस्तुका संयोजक अतहर कमाल मुसलमानले सबैले आफनो स्थानबाट निर्वाचनमा सहयोग गर्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका आधिकारीक उम्मेदवारहरुलाई विजयी बनाउन उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दैं कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्र राज आचार्यले मिलेर निर्वाचनमा होमिदा जित सुनिश्चित भएको बताउनुभयो । कपिलवस्तुको क्षेत्र नं २ मा नेपाली काग्रेसले धेरै विकास गरेको बताउदै आफु निर्वाचन भए क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषिमा जोड दिने बताउनुभयो ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तू क्षेत्र नं ३ का प्रातिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले आफु जनताको सेवक भएको भन्दै सबै नागरिकको हितमा काम गरिएरहेको बताउनुभयो । कपिलवस्तु क्षेत्र नं ३ मा आफुले विगतमा काम गदै आएकोले अब पनि विकासको कामलाई निरन्तरता दिने बताउनुभयो ।

सो कार्यक्रममा कपिलवस्तु क्षेत्र नं १ को (ख) का उम्मेदवार सजसराम यादव, क्षेत्र नं २ (क) को उम्मेदवार विक्रम सिंह थापा, २ (ख)को उम्मेदवार सुधाकर आचार्यले आफनो जित सुनिश्चित रहेको बताउनुभएको थियो ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६