प्रदेश

अरिङ्गाल पोल्दा रुखबाट खसेर पाल्पामा एक जनाको मृत्यु




पाल्पा, २९ असोज ।
पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर गएराती एक जनाको मृत्यु भएको छ । तिनाउँ गापिालका २ हापुरेका ३० बर्षीय बिष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सोही गाउँको तारे जंगलको सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु रुखमा चढेका थिए । सोही क्रममा करिव सय मिटर तल खसेर चिन्ताजनक अवस्थामा रहेको जानकारी प्राप्त भई दोभान प्रहरी चौकीले उपचारका लागि प्रादेशिक अस्पताल बुटवल बठाएकोमा गएराती नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६