बाणगंगा, २९ असोज ।
कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनको प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको उद्यघाटन गरीएको छ । बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा गठबन्धनको प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
उद्यघाटनपछि कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता तथा सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नः १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले गठबन्धनले जितेमा देशले बिकास गति लिने बताएका छन । साथै उनले कपिलवस्तुमा गठबन्धनमा देखिएको बिवाद तिहारभित्र मिल्नेमा बिश्वास ब्यक्त गरेका छन ।
त्यस्तै सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नः १ (क) का उम्मेदवार डोलकराम घिमिरेले कृषि, शिक्षा, पर्यटन क्षेत्रको बिकासमा आफुले नेतृत्वदायी भुमिका खेल्ने बताए । साथै कांग्रेसले गरेका कामको प्रचार नहुदा कांग्रेसलाई केही गरेन भन्ने झुटो आरोप लाग्ने गरेको बताए ।
त्यस्तै कपिलवस्तु गठबन्धन परिचालन समितिका संयोजक अत्तहर कमाल मुसलमानले कांग्रेसभित्र बसेर घात गर्नेलाई कारबाही हुने बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चाका नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।








प्रतिक्रिया