प्रदेश

आफुले गरेका कामको प्रचार गर्न नसक्दा आरोप खेप्नु परेको छ: बलदेव



कपिलवस्तु, २९ असोज । पुर्व कृषिमन्त्री चक्रपाणी खनाल बलदेवले आफुले गरेका कामको प्रचार गर्न नसक्दा आरोप खेप्नु परेको बताएका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार रहेका उनले कपिलवस्तुको विकासका लागी आफुले नै .बजेटको व्यवस्थापन गरेको तर त्यसको प्रचार नगरेको उनले बताए । शनिबार कपिलवस्तु क्षेत्र नम्बर १ (क) मा गठबन्धनको चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा उनले भने, ‘मैले कपिलवस्तुको विकास र समृद्धिका लागी धेरै योजनासंगै बजेटको पनि व्यवस्थापन गरे तर त्यसको प्रचारप्रसार गर्न जानिन्, जसको फलस्वरुप मैले यहाँका कतिपय नागरिकबाट आरोपहरु खेप्नु परेको छ ।’

उनले जनताको अपेक्षा अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको बताए । विकासको सम्भावनाले भरिएको कपिलवस्तुलाई अब तीब्र गति विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । देश र जनताको आवश्यकता गठबन्धन भएको दाबी गर्दै उनले अबको सरकार पनि गठबन्धनकै बन्ने जिकिर गरे ।
‘अहिले देश र जनताको आवश्यकता गठबन्धन हो ।,’ उनले भने, ‘गठबन्धनले नै चुनाव जित्छ र गठबन्धनको सरकार बन्छ ।’

प्रकाशित : २९ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६