प्रदेश

जजिराले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा रोक्यो दैनिक उडान, यात्रु अलपत्र



बुटवल, ३० असोज । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान नभर्दा यात्रुहरु अलपत्र परेका छन् । जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ जहाज लिउने भन्दै दैनिक उडान भर्न नसकेको जनाएको गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थलका महाप्रबन्धक गोविन्द्र दाहालले बताए ।
‘जजिराले असोज २६, २७ र २८ गते उडान गरेको थिएन् । हामीले के कारणले गर्दा उडान प्रभावित भएको रहेछ भनेर बुझ्दा जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ ल्याउन लागेकाले दैनिक रुपमा उडान भर्न नसकेको जानकारी गराएको छ ।’ महाप्रबन्धक दाहालले भने ।

महाप्रबन्धक दाहालका अनुसार जजिराले अक्टोबर भरि २र४ दिन बिराएर उडान गर्ने बताए । ‘जजिराले आफ्ना नयाँ जहाज लिउन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ । ग्लोबल आवाजसँग कुराकानी गर्दै दाहालले भने ‘३ दिनसम्म उडान नहुँदा रोकिएका यात्रु रोकिएका थिए । शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ । ’

जजिराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि अक्टोबर भर दैनिक एउटा मात्रै उडान भर्ने बताए । ‘जजिराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक २ वटा उडान गर्दै आएको थियो । अक्टोभर त्यहाँ पनि दैनिक एउटा मात्रै उडान भर्ने छ ।’– महाप्रबन्धक दाहालले भने ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६