प्रदेश

शेरबहादुरजीसँग म मिलिसकेँ, तपाईँहरू पनि तुष त्याग्नुस्ः शेखर कोइराला



काठमाडौं, ३१ असोज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् । मोरङको सुन्दरहरैँचामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता कार्यकर्तालाई कुनै तुष नराख्न आग्रह गरेका हुन् ।

उनले भने, ‘शेरबहादुरजी र मेरो प्रतिस्पर्धा लडाइँ थियो । तर, हामी एकै ठाउँमा उभिएका छौँ । त्यसैले स्थानीय निर्वाचनमा के भयो, अधिवेशनमा के भयो भनेर नलाग्नुस् । सबैले तुषलाई त्यागौँ । मैले त त्यागिसकेँ ।’

उनले पार्टीभित्र कुनै गुट नबनाएको समेत बताए । पार्टी सभापतिले आफूले भनेको सबै कुरामा मानिरहेकाले पार्टीभित्र लडाइँ गरिराख्न नहुने उनको भनाइ छ । पार्टीभित्र लडेर कसैले केही नपाउने भएकाले एकजुट भएर लाग्न आग्रह समेत गरे ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६