कपिलवस्तु, ०१ कार्तिक । कपिलवस्तुबाट प्रदेश सभा सदस्यमा हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिनुभएका सुवास पाण्डेले उम्मेद्वारी फिर्ता लिई पुनः नेकपा (एमाले) मै फर्किनुभएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सचिवालय सदस्य समेत रहनुभएका पाण्डेले कपिवलवस्तु क्षेत्र नंं.१ (क) बाट हाम्रो नेपाल पार्टीमा उम्मेद्वारी दिनुभएको थियो । आज पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्र र जनताको हितमा नेकपा (एमाले) को विकल्प यो राष्ट्रमा नरहेकाले आजैका मिति देखि नै उम्मेद्वारी फिर्ता लिई पुनः एमालेमै फर्किएको घोषणा गर्नुभएको हो ।पाण्डेले जारी गर्नुभएको प्रेस विज्ञप्ति जारी गरि नेकपा (एमाले) का उम्मेद्वारहरु नै ठिक रहेकाले क्षेत्रवासी आम मतदाताहरुलाई सुर्य चिन्हमा मतदान गरि बहुमतका साथ संघिय र प्रदेशमा सरकार निर्माण्का लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
साथै पाण्डेका समर्थक असिम भट्राई, हेमन्त क्षेत्री, मुक्ति बहादुर शाहि लगायत सबै समर्थक एमालेमा प्रवेश गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (एमाले) जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु, पार्टी जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. १ सह संयोजक विश्व कार्की, प्रदेश १ (१) संयोजक भेषराज पाण्डे, सह संयोजक शंकर पाण्डे, जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, बाणगंगा नगर कमिटी सदस्य मनोज कुमार खत्री लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया