प्रदेश

पचेहरामा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय, संसदको रक्षाका लागि गठबन्धन बनेको जिकिर



बाणगंगा, ०१ कार्तिक ।
बाम लोकतान्त्रिक गठबन्धनले कपिलवस्तु क्षेत्र नम्बर १ (क) चुनाव प्रचार प्रसार समितिको अर्को सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । कपिलवस्तु १० पचेहरामा प्रचार प्रसार समितिको अर्को सम्पर्क कार्यालयको सोमबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिव समेत रहेको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले गठबन्धनले जिते संविधानाको रक्षा हुदैं देशले बिकासको गतिमा फड्को मार्ने बताए । उनले संसदको रक्षाका निम्ति गठबन्धन गरिएको स्पष्ट पारे । प्राप्त उपलब्धिलाई जोगाउन पनि गठबन्धनले जित्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १(१) का उम्मेदवार डोलकराम घिमिरेले कृषि, शिक्षा, पर्यटन क्षेत्रको बिकासमा आफुले नेतृत्वदायी भुमिका खेल्ने बताए । साथै कांग्रेसले गरेका कामको प्रचार नहुदा कांग्रेसलाई केही गरेन भन्ने झुटो आरोप लाग्ने गरेको बताए ।

त्यस्तै कपिलवस्तु गठबन्धन परिचालन समितिका संयोजक अत्तहर कमाल मुसलमानले कांग्रेसभित्र बसेर घात गर्नेलाई कारबाही हुने बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चाका नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६