जीवनशैली

विकल्पबिना सुकुम्बासीका घर टहरा भत्किँदैनन् : गृहमन्त्री खाण



सिद्धार्थनगर २ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकका घर टहरा नभत्काइने बताउनुभएको छ । रुपन्देही – ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सो कुरा बताउनुभयो ।
सुकुम्बासीहरू अहिलेजस्तो अवस्थामा बसेका छन्, त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने मन्त्री खाणले बताउनुभयो । सुकुम्बासी बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर व्यवस्थापन गरेर मात्रै सार्नुपर्ने बताउनुभयो ।
अहिले मुलुकभरिका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्वासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणले सो धारणा राख्नुभयो । आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने काममा सहभागी नहुन निर्देशन दिइसकेको बताउनुभयो ।
खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आबद्ध नेताबारे टीकाटिप्पणी गर्नुको औचित्य नभएको उहाँले बताउनुभयो । बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको उहाँले चर्चा गर्नुभयो । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषिउपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाईजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने उहाँले बताउनुभयो ।
यस्तै, खाणले आजै बुटवल वडा १४ र १५ मा समेत सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । अहिलेको गठबन्धनले देश, संविधान र संसद्को रक्षा गरेको उहाँको दाबी छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६