प्रदेश

‘स्मार्ट मोटीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा : गृहमन्त्री खाण



लुम्बिनी २ कार्तीक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोटीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही विस्तापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुभएको छ ।
स्थानीयको सहमती र सहभागिताबिना बन्ने विकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाँले औद्योगिक क्षेत्र निमार्ण गर्दा पुस्तौदेखि बसोबास गर्दै आएका स्थानीयहरु विस्थापीत हुुन नपर्ने गरी काम अगाडि बढाईएको जानकारी दिनुुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुुभएका मन्त्री खाणले बुटवल उपमहानगरपालीका १४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीयको रायसुझाव र सहमतिबेगर विगतमा उद्योगीक क्षेत्र निमार्ण गर्न खोज्दा समस्या भएको उल्लेख गर्दै समस्या समाधानकालागि कार्यदल बनी सकेको र कार्यदलको सुझाव अनुसारनै काम अगाडी बढ्ने बताउनुभयो ।
पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो । यो समस्या समाधान गर्नकोलागी गृहमन्त्री खाणकै पहलमा बनेको कार्यदलले औद्योगीक क्षेत्रको जग्गा नापजाँच गरीसकेको छ ।
प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने कार्यदलका सयोजक एवं जिल्ला समन्वय समीती रुपन्देहीका सयोजक उमाकान्त चपाईले जानकारी दिनुुभयो ।
‘‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’’–उहाँले भन्नुभयो । २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम अगाडी बढेको छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६