प्रदेश

जनताको सेवक बनेर काम गर्छु : झाँक्री



गुल्मी ०२ कात्तिक ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमारी झाँक्रीले जनताको सेवक बनेर काम गर्ने बताएकी छिन् । मंगलबार धुर्कोट गाउँपालिकाको हाडहाडेमा गठबन्धनको तर्फबाट चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेकी झाँक्रीले आगामी पाँच बर्ष नागरिकको सेवकको रुपमा काम गर्न चाहेको बताइन् । त्यसका साथै जिल्लामा सडक, टेलिफोन, इन्टरनेट लगायतको सुविधा अत्यन्तै कमजोर रहेकोले त्यसमा उल्लेख्य सुधार गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । ‘एकपटक पानी परे बाटो बिग्रन्छ, टेलिफोन अवरुद्ध हुन्छ, इन्टरनेटको अवस्था त झनै कमजोर छ ।’ पूर्वमन्त्री झाँक्रीले भनिन्, ‘अहिलेसम्म हामीले जिताएका प्रतिनिधिले काम नगर्दा यस्तो समस्या भएको हो, हामी निर्वाचित भएलगत्तै यस्ता समस्या समाधान गर्न पहल गर्छौ ।’ सोही क्षेत्रका निर्वतमान सासंद गोकर्ण विष्टप्रति इंकित गर्दै नेतृ झाक्रीले विष्टले आश्वासन धेरै दिने तर त्यसअनुसारका काम नगरेर जनभावनामाथि खेलवाड गरेको आरोप लगाइन् ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६