कपिलवस्तु, ०२ कार्तिक ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगपालिका आयुर्वेद शाखा तथा मोतिपु आयुर्वेद औषधालयमा खुला पाँच दिने योग शिविर बुधवारबाट सुरु भएको छ । वाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले ‘स्वस्थ जीवन’ बनाउन योगको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । विद्यालयमा विद्यार्थीलाई योग ध्यान नौतिक आचारण र अनुशासन लगायका कुरा आवश्यक परेको बताउदै नगरको निकालेको स्थानिय पाठ्यक्रममा समेत योग बैद्ध दर्शन,ध्यान लगायतको कुरा समाबेश गरीएको बताउनु भयो । पछिलो समय नगरमा धेरै योग शिविरहरु सञ्चालनमा आएको बताउदै योगलाई सबैलेले निरन्तरता दिनु पर्ने उहाँले बताउनु भयो ।
पतञ्जलि योग समिति कपिलवस्तु तथा ओशो तथागत आश्रम,कपिलवस्तुको प्राविधिक सहयोग भएको कार्यक्रममा आयुर्वेदका प्रमुख तेजबाहादुर स्वमैले स्वास्थ्य प्रर्वद्धन , नसर्ने रोग नियन्त्रण र योग ध्यान प्रणमको बारेमा जानकारी दिन योग शिविर आयोजना गरिएको बताउनु भयो । रोगको प्रकोप बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न यसले ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कपिलवस्तु पतञ्जति योग समिति जिल्ला प्रभारी कृष्ण मुरारी ज्ञवालीले पतञ्जति योग अन्तरगर्त ध्यान प्रणय,योग लगायतको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
वाणगंगा नगरपालिक शिक्षा शाखा प्रमुख खिमबाहादुर जिसि ,नगरका शिक्षा शाखा निर्वतमा उपसचिव बाबुराम भट्राई आयुर्वेद चिकिसक आशिष चौधरी लगायतको उपस्थिति रहेको रहेको थियो ।
वडा नम्बर ८ का वडा अध्यक्ष तथा औषधालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता पोम नारायण पौडेलको सञ्चालनमा भएको थियो । ५ दिन सम्म जलेश्वर मन्दिरमा हुने शिवीर विहान साडे चार बजे देखि साडे छ बजेसम्म हुने छ ।
२ कार्तिक २०७९, बुधबार








प्रतिक्रिया