प्रदेश

देशको रक्षा, शान्ति सुरक्षा र भष्टचार रोक्न गठबन्धनको आवश्यकः खनाल




कपिलवस्तु, ०२ कार्तिक ।
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि माओवादीको तर्फबाट गठबन्धनका प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले देशको रक्षा ,शान्ति सुरक्षा,भष्टचार रोक्न र समाज रुपान्तरण गर्न गठबन्धनको आवश्यक परेको बताउनु भयो । जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दावी छ । चुनाब जित्नु मात्रै ठुलो कुरा होईन लोकतन्त्र र सविधानको रक्षा गर्न गठबन्धनको सरकारको आवश्यक रहेको उहाँले बताउनु भयो ।

पुर्व कृषि मन्त्री उम्मेदवार बलदेवले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संबिधानको रक्षा गर्दै नेपाली जनताको आवश्यकता अनुसार विकास र सुशासन तर्फ लाग्ने जिकिर गर्नु भयो । शिक्षा, स्वास्थ्य,कृषि रोजगारको वृद्धि र विकासमा पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नु भयो ।

पुर्ब उपसभामुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेदवार पुस्पा भुसालले संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताउनु भयो । राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताउदै विकासको परिणाम गरिबीको रेखामुनि रहेको जनताको घरभित्र छुने गरि काम गर्नु पर्ने तर्क गर्नु भयो ।

यता कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदार डोलकराम घिमिरेल विकास निर्माणका काम र जिल्लाको मुहार फेर्न गठबन्धनको जीत सुनिश्चित भएको बताउनुभयो । जनताको रक्षा गर्दै आर्थिक,समृद्ध र विकासलाई जोड दिर्नु पर्ने उहाँले बताउनु भयो ।
नेपाली कांग्रेस अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिको आयोजनामा कपिलवस्तु बाणगंगा नगरपालिका बैरियामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कपिलवस्तु र अर्घाखाँचीका गठबन्धनका समानुपातिक तर्फका उम्मेदार तथा नेता कार्यकताले बोल्दै अर्घाखाँची र कपिलवस्तु एक अर्काका परिपुरक रहेकाले एक अर्कामा सयोग विश्वास व्यक्त गर्नु भयो । दलित,महिला समाबेशी,र बालबालिकाको रक्षामा सधैं लागि पर्ने बताउनु भयो । उक्त कार्यक्रममा कपिलवस्तु र अर्घाखाँचीको नेता कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६