प्रदेश

चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो



तनहुँ, ०४ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङको ज्यान गएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाट सानिमाको घर जाने क्रममा बिहान साढे ६ बजे बीनालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गएको असारमा चितुवाको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६