जीवनशैली

बाणगंगामा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो



कपिलवस्तु ५ कात्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । सिउटीमा भएको ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी , शशस्त्र प्रहरी जनक चौधरी , अर्का शशस्त्र प्रहरी रमेश चौधरी र साइकलयात्री अमर तङनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको हो ।
यस्तै दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुल बहादुर घर्ती गम्भीर घाइते भएका छन् । यी तिनै जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । यस्तै दुर्घटनामा घाइते भएका सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, प्रेम मल्ललाइ पनि बुटवल रिफर गरिएको छ ।
स्थानीयबासी बुद्धिप्रसाद पाण्डेले सशस्त्र प्रहरीको लापरबाही कै कारण ट्रक दुर्घटनामा परेको आरोप लगाएका छन् । स्थानीयबासी दुर्घटनामा परेको सवारीमा मदिरा भेटिनु गम्भीर लापरबाही भएको भन्दै आन्दोलित भएका छन् । सवारी दुर्घटनास्थलमा स्थानीयले सशस्त्र प्रहरी माथि छानविन हुनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । यता स्थानीय प्रशासनले दुर्घटनाबारे अनुुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६