प्रदेश

सरकारले कारोबारमा रोक लगाए पनि बजारमा प्लाष्टिकका फूलमाला उत्तिकै



काठमाण्डौ, ०५ कर्तिक । सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ ।तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ ।

गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्री वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको विभागले स्मरण गराएको छ । विभागले नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने पनि जनाएको छ ।

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६