प्रदेश

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको चौंथो साधरण सभा सम्पन्न



भगवती न्यौपाने
कपिलवस्तु, ०६ कार्तिक ।

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको चौंथो साधरण सभा सम्पन्न भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमममा गास,बास,कपास लगायत शान्ति सुरक्षा राम्रो भयो भने मानव अधिकार हुने कपिलवस्तु वाणगंगा नगरपालिका उपमेयर रिता कुमारी थारुले बताउनु भएको छ । विकासमुखी राजनिति, सेवामुखी राजनिति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति नारा रहेको मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुको चौथो जिल्ला साधरण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । अहिशांको विरोध गर्दै समाजलाई शान्ति स्थापना गर्न शान्ति समाजले धेरै पहल गरेको बताउनु भयो ।

साथै उहाँले युवाहरुलाई नगरले युवा लक्षित कार्यक्रम गर्दे आएको समेत बताउनु भएको थियो । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय सभापति गोविन्द खनालले छोटो समयमा धेरै उदारणिय बन्न सपल कपिलबस्तु शाखाले जिल्लामा मात्रै होईन केन्द्रमा पनि यस्ले छुटै पहिचान बनाएको बताउनु भयो । स्थापना भएको चार वर्षमा धेरै प्रगति गरेको बताउदै यसले आवाज विहिनहरुको आवाजको काम गर्दै आएको तर्क गर्नुु भयो । केन्द्रिय सचिव मिना ढकालले शान्ति समाजले हरेक क्षेत्रमा काम गर्दै आएको बताउदै समाज रुपान्तरणमा यसको ठुलो भुमिका रहेको बताउनु भयो । कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेलले २४ औँ राष्ट्यि परिषदको आयव्याय प्रस्तुत गदैै शान्ति समाजले जिल्लामा गरेको कामको बारेमा बताउनु भएको थियो । शान्ति र मानवाधिकार का पक्षमा थुप्रै कार्यक्रम सम्पादन गरेको बताउदै उहाँले सहयोग र साथ दिने सम्पुर्णमा धन्यवाद दिनु भयो ।

यस्तै केन्द्रिय सदस्य दिल बाहादुर कार्की, निवार्चन अधिकृत रविराज आचार्य,कलिवस्तु व्यापार संघ कपिलवस्तु बरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल कोपिल, शान्ति समाज आजिवन सदस्य बासुदेव घिमिरे लगायतले बोल्दै विभिन्न सामाजिक क्षेत्रमा काम गरेको शान्ति समाजले समाजको आवाज बनेको बताउनु भयो । समाजिक सचेतना जगाउ भुमिका धेरै रहेको बताउदै शान्ति समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सन्जु कुमार सारु,वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी मगर,कार्यपालिका सदस्य सार्दा परियार, जेसिसका अध्यक्ष गुरुदेव पौडेल लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो । शाखा सभापति पोख्रेललको अध्यक्षता जिल्ला उप–सभापति पशुपतिमणि त्रिपाठिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शाखा सचीव माधव घिमिरेले गर्नुभएको थियो ।

मानव अधिकार तथा शान्ति समाजको नयाँ नव निर्वाचित कार्यसमिति बनेको छ । माधव घिमिरेको अध्यक्षतामा ११सदस्य बनेको छ । जसमा उपसभापति पशुपति मणि त्रिपाठि, सचिव बुद्धिसागर बेल्वासे, कोषाध्यक्ष सीता मल्ल, सह सचिव विष्णु पन्त पाण्डे ,सदस्यहरु शिव कुमार कार्कि, महेश पन्थ, लक्ष्मण कार्कि, कृष्ण प्रसाद भट्टराई, विन्धवासिनि हरिजन र विनिता आचार्य रहनु भएको छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६