प्रदेश

हाम्रो नेपालि पार्टीका उम्मेद्वरा शर्माद्धारा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता




कपिलवस्तु, ०८ कार्तिक ।
कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट हाम्रो नेपालि पार्टी लौरो अभियानका उम्मेदवर देवेन्द्र कुमार शर्माले क्षेत्र नम्बर १ का विभिन्न गाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । काँधमा नेपालको झण्डा बोकेर हातमा लौरो टेक्दै जनताको घर घरमा पुगेका शर्माले कपिलवस्तुको उत्तर र दक्षिणी भेगका प्राय सबैजसो क्षेत्रमा आफू पुगिरहेको बताउँछन् । जनता उत्साहित छन्, उनले भने यस पटक मतदान गर्दा जनताले मन बदल्ने छन् । जिल्लाको विकासका लागि आफूसँग सम्भावनाका सूचकहरु धेरै रहेको दाबी गर्ने उनले जिल्लाको विकास गर्न आफू उम्मेद्धार बनेको बताए । आफू निर्वाचित भएपछि कपिलवस्तुका जनताले दिएको मतको सम्मान सहित कसैलाई पनि मतदान गरेकोमा निराश नपार्ने उनको स्पष्टोक्ति छ ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम अन्तर्गत सोमबार पचेराका विभिन्न गाउँहरुमा रहेका शर्माले मुख्य राजनैतिक दल, तिनका नेता कार्यक्रता बाट जिल्लाको विकास नहुने देखेपछी जिल्लामा आफु र देशभर अन्य युवाहरु नयाँ जोस जाँगर र प्रभावकारी एजेण्डा सहित चुनावी मैदानमा होमिएको बताए ।

जिल्लाका जनप्रतिनिधिहरुले कृषि, पशु, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा ध्यान दिएको भए कपिलवस्तुका जनता र सिङ्गो जिल्ला अहिले देशमै नमुना जिल्ला बन्ने बताउँदै जिल्लावासीका यस्ता चाहान पुरा गर्न आफुले उम्मेद्वारी दिएको बताए । पेशाले इन्जिनियर समेत रहेका शर्मा अहिले प्रतिनिधिसभाको लागी चुनावी मैदानमा उत्रिनुलाई निक्कै अर्थपुर्ण रहेको पनि यस क्षेत्रका जानकारहरु बताउने गर्दछन ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६