ब्रेकिंग न्युज

एमाले क्षेत्र नं. १ द्धारा दुईवटा पार्टी कार्यालय उद्घाटन



कपिलवस्तु, कात्तिक ८

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीले पार्टीका सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाटलाई तिब्रता दिएको छ । सोहि क्रममा आज बाणागंगा नगरपालिका वडा नंं. ५ र ६ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी, क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थी र प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपानेले संयुक्त रुपमा २ वटै कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै एमालेका उम्मेद्वारहरुले बाणगंगा वडा नं. ५ र ६ कृषि प्रचुर सम्भावना भएको ठाउँ भएकाले सिंचाईको सुविधा विस्तार सहित कृषि क्षेत्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले विकासको पर्यावाची एमाले भएकाले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले मायादेवी गाउँपालिकाको पकडी, शुद्धोधन गाउँपालिका वडा नंं. ३ लवनी लगायतका विभिन्न स्थानका मतदातासंग भेटघाट गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि आफ्नो क्षेत्रका मतदाता तथा अगुवा कार्यकताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६