कपिलवस्तु, ०८ कार्तिक ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ (ख) निर्वाचन परिचालन कमिटीको सचिवालय समितीको बैठक सम्पन्न भएको छ । एमाले जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको बैठकले वडा र टोल टोलमा जन परिचालन गर्ने योजना बनाएको छ ।बैठकमा बोल्दै प्रदेश कमिटि सचिवालय सदस्य झवीलाल पोख्रेलले जनताको बस्ती बस्तीमा एमाले सरकारले गरेका कामको प्रचार प्रसार हुनु पर्ने बताउनु भयो । देशको विकासको लागि एमाले नेतृत्वको सरकार हुनु पर्ने बताउँदै गठवन्धनको सरकार बने पछि विकासको काम रोकिएको बताउनु भयो ।
बैठकमा बोल्दै प्रदेश कमिटी सदस्य बाबुराम खनालले विपक्षीले एमाले प्रति गलत भ्रम फैलाउदै गएको बताउनु भयो । हुलाकी राजमार्ग , तराई मधेसको जिल्ला सदरमुकाम सौन्दर्यीकरण अन्तर्गत तौलिहवाको विकास, बाल पोषण भत्ता, हरेक पालिका अस्पताल जस्ता महत्वपुर्ण काम भएको बताउनु भयो ।एमाले प्रति जनलहर अझ बढ्दै गएकोले एमाले प्रवेशको लहर चलेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । शर्माले कपिलवस्तुको सबै निर्बाचन क्षेत्रमा एमाले विजयी हुने दाबी गर्नु भयो । बैठकको अध्यक्षता निर्वाचन परिचालन कमिटीका संयोजक आजाद अहमद दर्जीले गर्नु भएको थियो ।








प्रतिक्रिया