प्रदेश

तिहारका लागि साढे २४ लाख फूलमाला खपतः भारतबाट आयात रोकिएन



काठमाण्डौ, ०९ कार्तिक । यो तिहारमा साढे २४ लाख माला खपत भएको छ । देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् ।

सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ ।

यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ । यसअघि तीन लाख सयपत्री माला आयात हुने अनुमान गरिएकोमा तिहारका पाँच दिनमा साढे चार लाख माला आयात भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले बताउनुभयो । भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

प्रकाशित : ९ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६